बिहीबार , कार्तिक २० गते २०८३
images
images

सीतापाइला–धार्के सडकखण्ड आजदेखि १५ दिनका लागि बन्द

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 206
    SHARES
  • सीतापाइला–धार्के सडकखण्ड आजदेखि १५ दिनका लागि बन्द

    काठमाडौं । सीतापाइला–धार्के सडकखण्ड आजदेखि १५ दिनका लागि बन्द गरिने भएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक स्तरोन्नतिका निम्ति आजदेखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गर्न लागिएको हो । 

    यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने प्रशासन कार्यालयले जनाएको छ ।

    images

    यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । 

    यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।

    safg-1730958311.jpg