बिहीबार , कार्तिक २० गते २०८३
images
images

दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुदाँ चार जनाको मृत्य २५ जना घाइते

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 243
    SHARES
  • दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुदाँ चार जनाको मृत्य २५ जना घाइते


    काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परेको छ ।

    images

    प्रहरीका अनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २५ जना घाइतेको उद्दार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

    शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका–८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए ।

    images

    २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।