सोमबार, भाद्र २९ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित

एक्सप्रेस पाना
कार्तिक २४, २०८१ शनिबार
  • 292
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित

    काठमाडौं । जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ । 

    images

    शनिबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

    युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्बाधिक ४८ रन बनाएकी थिइन् ।

    images

    यसअघि पहिला ब्याटिंग गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउदै १२२ रन बनाएको थियो । 

    अब नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।  

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।