काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज थाइल्याण्डविरुद्ध खेल्दै छ ।
आइतबार दुबईस्थित द सेभेन स्टेडियममा हुने खेल दिउँसो ३ः १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।


