आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट:नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 283
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट:नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।

    images

    आइतबार दुबईस्थित द सेभेन स्टेडियममा पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको हो । नेपालका लागि साना प्रवीनले अर्धशतक बनाएकी थिइन् ।

    प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images

    नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।