आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा थाइल्याण्डमाथि नेपालको शानदार जित

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 300
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा थाइल्याण्डमाथि नेपालको शानदार जित

    काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेको छ ।

    images

    आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।

    यस अघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रविनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । नेपालका लागि साना प्रवीनले अर्धशतक बनाएकी थिइन् ।

    images

    प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एसिया छनोट