काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतविरुद्ध खेल्दैछ ।
मंगलबार दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।


