काठमाडौं । युएईमा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले टस जितेर कुवेत विरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।
मंगलबार हुन लागेको खेलमा नेपालले टस जितेर सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।


