आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकपको एशिया छनोट:नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 217
    SHARES
  • यू–१९ महिला विश्वकपको एशिया छनोट:नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

    काठमाडौं । जारी यू–१९ महिला विश्वकपको एशिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

    images

    मंगलबार टस जितेर पहिला ब्याटिंग गरेको नेपालले कप्तान पुजा महतोको शानदार शतकमा २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको हो ।

    पुजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् ।

    images

    यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सबैभन्दा बढि हो । यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो ।  

    नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । 

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।