आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा कुबेतमाथी नेपालको फराकिलो जित

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 222
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा कुबेतमाथी नेपालको फराकिलो जित


    काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुबेतमाथी फराकिलो जित निकालेको छ ।

    images

    मङ्गलवार दुबईस्थित द सेभेन स्टेडियममा भएको खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो ।

     नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

    images

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले कप्तान पुजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।


    पुजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् । पुजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो ।

    अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ ।

    अब नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ । नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ ।