काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले काटिएको बिजुली जोड्ने निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो।
सरकारले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर परेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेकाले बिजुली जोड्ने निर्णय गरेको थियो ।
.jpg)


