काठमाडौं । जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दैछ ।
बुधबार दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमाप अरजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।


