काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।
खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
फिफा वरियताको १०५औ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ । २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।
त्यस्तै यसै मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
त्यसैगरी फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।
दुवै मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगिसकेको छ ।


