काठमाडौं । जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईविरुद्ध टस हारेको छ ।
बुधबार दुबईस्थित द सेभेन स्टेडियममा हुने खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरे सँगै नेपालले बलिङ गर्ने भएको छ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पछि पारेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।


