शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौंलाई १६ रनले हराउँदै भैरहवा क्वालिफायरमा

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 264
    SHARES
  • काठमाडौंलाई १६ रनले हराउँदै भैरहवा क्वालिफायरमा

    असोज २० काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमिएर (इपिएल) टी२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ । 

    images

    जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । काठमाडौंका असान प्रियंजनले ४८ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । काठमाडौंलाई जितको लागि अन्तिम ६ बलमा २४ रन चाहिँएको थियो । तीव्र गतिका बलर अभिनाश बोहराले ७ रन खर्चिदै जित पक्का गराए ।

    यता भैरहवाको लागि कुशल मल्ल, आरिफ शेख र धम्मिका प्रशादले २/२ विकेट हात पार्दा दुर्गेश गुप्ताले १ विकेट लिए । १ विकेट रनआउटका रूपमा प्राप्त भयो । 

    images