काठमाडौं । जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
बुधबार दुबईस्थित द सेभेन स्टेडियममा भएको खेलमा युएईले २० ओभरमा ९ विकेट गुमाउदै ८३ रन बनाएको हो ।
नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिएकी थिइन् भने सिमाना केसी र रिया शर्माले २.२ विकेट लिएकी थिइन् ।
अब नेपालले युएईलाई १६.२ ओभरमा पराजित गरेमा विश्वकपमा छनौट हुने भएको छ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पछि पारेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।


