आइतबार, भाद्र २८ गते २०८३
images

युएईलाई हराउँदै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट

एक्सप्रेस पाना
कार्तिक २८, २०८१ बुधबार
  • 250
    SHARES
  • युएईलाई हराउँदै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट

    काठमाडौं । नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनौट भएको छ । 

    images

    बुधबार भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

    युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।

    images

    यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो ।    


    यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदैछ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रिय छनौटबाट नेपालसहित ५ देशले भाग लिदै छन् । जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् ।