काठमाडौं । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ ।
बुधबार ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो ।
अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ ।
मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम
गोलकिपरः किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
फरवार्डः जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।


