बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव,कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 194
    SHARES
  • देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव,कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम मुख्यतया सफा रहने छ।

    images

    कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    आगामी २४ घण्टा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको ।

  • सम्बन्धित विषय:

  • # हल्का वर्षा