काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र
बुझाउन आग्रह गरेको छ।
बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र अर्थात मंसिर १२ सम्ममा नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो ।
सुचनामा मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।
‘सोहीअनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ ।

.jpg)


