बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजदेखि मङ्सिर ५ गतेसम्म नागढुंगा सडकखण्ड आंशिक रुपमा बन्द

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 224
    SHARES
  • आजदेखि मङ्सिर ५ गतेसम्म नागढुंगा सडकखण्ड आंशिक रुपमा बन्द

    काठमाडौं । नागढुङगा सडकखण्ड आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ।

    images

    नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा सडक बन्द गर्न लागेको हो । 

    नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने जनाएको हो ।
    उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

    images

    सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नागढुंगा