शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 258
    SHARES
  • प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

    असोज २० काठमाडौं । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोस्राे पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि हुने भएको छ ।

    images

    प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । 

    पुरुषमा १३ र महिलामा आठ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

    images

    प्रत्येक तौल समूहमा कम्तिमा १० हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि वृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहे पनि एकीन भई नसकेको बताइएको छ ।