काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।
क्यानले यू–१९ महिला टिमका सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।
नेपाल युएईलाई पराजित गर्दै पहिलो पटक यू–१९ महिला विश्वकपमा छनौट भएको छ । युएईमा रहेको नेपाली टिम आज स्वदेश फर्किदै छ ।
त्यसैगरी नेपाल यू–१९ एशिया कपमा पनि छनौट भएको छ ।


