आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली स्वदेश फर्कियो

एक्सप्रेस पाना
कार्तिक ३०, २०८१ शुक्रबार
  • 273
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली बिहिबार स्वदेश फर्किएको छ ।

    images

    बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । 

    विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरेका थिए । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।

    images

    यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला टी–२० विश्वकप