आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले आज अफगानिस्तानसँग मैत्रीपूण खेल खेल्दै

एक्सप्रेस पाना
मंसिर १, २०८१ शनिबार
  • 245
    SHARES
  • नेपालले आज अफगानिस्तानसँग मैत्रीपूण खेल खेल्दै

    काठमाडौं । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।

    images

    नेपाली समय अनुसार साँझ ६ः ४५ बजेदेखि नेपालले अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको थियो ।

    images

    फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । 

    मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम 

    गोलकिपरः किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्डः जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।