काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।
शनिबार ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले एक एक गोल गरेका थिए । कार्कीले खेलको ४६औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने चन्दले खेलको ७८औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।
अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।


