बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम:देशभर पश्चिमी वायुको प्रभाव,केहि स्थानमा बर्षाको सम्भावना

एक्सप्रेस पाना
मंसिर ४, २०८१ मंगलबार
  • 207
    SHARES
  • आजको मौसम:देशभर पश्चिमी वायुको प्रभाव,केहि स्थानमा बर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
    दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images

    विभागका अनुसार हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।