बिहीबार , कार्तिक २० गते २०८३
images
images

माइतीघर मण्डलमा सहकारीपीडित र प्रहरीबीच झडप

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 260
    SHARES
  • माइतीघर मण्डलमा सहकारीपीडित र प्रहरीबीच झडप

    काठमाडौं । काठमाडौँको माइतीघर मण्डलमा सहकारीपीडित र प्रहरीबीच झडप भएको छ। बुधबार सहकारीमा आफूहरूले गरेको वचत रकम फिर्ताको माग गर्दै पीडितहरूले विरोध प्रदर्शन गरेका थिए । 

    images

    थापाथलीबाट आएको प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

    उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गट्ठाघर, पुल्चोकलगायत स्थानबाट जुलुस निकालेका उनीहरू माइतीघरमा भेला भएका थिए। सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो।

    images