आइतबार, भाद्र २८ गते २०८३
images

ओलम्पिक कमिटीलाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 281
    SHARES
  • ओलम्पिक कमिटीलाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

    images

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परिदर्शित, समावेशिता र लोकतन्त्रलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको भविष्य सुनिश्चित गर्न माग गरेका हुन् । 

    उनीहरूले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरूलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । 

    images

    प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल ओलम्पिक कमिटी