आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं गुर्खाजको विदेशी खेलाडी माइकल लेभिट आइपुगे नेपाल

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 247
    SHARES
  • काठमाडौं गुर्खाजको विदेशी खेलाडी माइकल लेभिट आइपुगे नेपाल

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली काठमाडौं गुर्खाजको पहिलो विदेशी खेलाडी माइकल लेभिट एनपीएल खेल्ने नेपाल आइपुगेका छन् । उनि आइतबार नेपाल आइपुगेको काठमाडौं गुर्खाजले जनाएको छ । 

    images

    २१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका छन् । लेभिटलगायत टोलीमा विदेशी खेलाडी नाथन सोटर, माइकल लेभिट, सन एस्किनान्जी, जेहार्ड एरास्मस र ड्यान डौथेवेट पनि छन् ।

    मंसिर १७ गते गुर्खाजले पहिलो खेल चितवन राइनोजसँग खेल्ने छ । काठमाडौं गुर्खाजमा मार्की खेलाडीको रुपमा करण केसी छन् भने मुख्य प्रशिक्षक सन्त शाही हुन् । मंसिर १५ देखि सुरु हुने एनपीएलमा आठ टोलि रहेका छन् । 

    images