काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।
एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । मंसिर १५ देखी सुरु हुने एनपिएलको उद्घाटन खेल विराटनगर किङ्ग्स र जनकपुर बोल्टबीच हुनेछ ।




