आइतबार, भाद्र २८ गते २०८३
images

नेत्रहीन टि २० क्रिकेट विश्वकपमा अफगानिस्तानमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
मंसिर १०, २०८१ सोमबार
  • 262
    SHARES
  • नेत्रहीन टि २० क्रिकेट विश्वकपमा अफगानिस्तानमाथी नेपालको शानदार जित

    काठमाडौं । नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई १०८ रनले पराजित गरेको छ ।

    images

    सोमबार पाकिस्तानमा भएको खेलमा २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ९ विकेट गुमाउँदै १२० रन बनायो ।  

    अफगानिस्तानका लागि अबासिनले ५३ र द्वरनले २१ रन बनाए । नेपालका लागि सुनिलले ३ तथा भारत, अमिश र सुनिल क्षेत्रीले १–१ विकेट लिए ।

    images

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २ गुमाउँदै २२८ रन बनाएको थियो  । नेपालका लागि पदम बढाइलाले ९२ र नरेश चौधरीले ७२ रन बनाए । पदम ५१ बलमा ९२ रन बनाएर अविजित रहे । नरेश चौधरीले भने ६२ बलमा अविजित ७२ रन बनाए ।

    नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेत्रहीन क्रिकेट विश्वकप