काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गत वर्षको पुषदेखि खाली भएको अध्यक्ष नियुक्तिका लागि लामो रस्साकस्सीपछि अन्ततः सन्तोषनारायण श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन्।
बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । यी तीनजना मध्ये सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
.jpg)


