आइतबार, भाद्र २८ गते २०८३
images

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ११ रनले हराउँदै नेपालको दोस्रो जित

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 271
    SHARES
  • नेत्रहीन टी–२० विश्वकप  क्रिकेटमा दक्षिण अफ्रिकालाई ११ रनले हराउँदै नेपालको दोस्रो जित

    काठमाडौं । नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । 

    images

    मंगलबार पाकिस्तानमा जारी खेलमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनायो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । 

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए । खेलमा नेपालको यो दोस्रो जीत हो ।

    images

    यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेत्रहीन टी–२० विश्वकप