बिहीबार , कार्तिक २० गते २०८३
images
images

लगानीकर्ताको सुरक्षाका लागि प्राथमिकताका साथ कदमहरु चाल्नेछु:नवनियुक्त अध्यक्ष श्रेष्ठ

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 315
    SHARES
  • लगानीकर्ताको सुरक्षाका लागि प्राथमिकताका साथ कदमहरु चाल्नेछु:नवनियुक्त अध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै लगानीकर्ताको सुरक्षा भएको बताएका छन्। 

    images

    मंगलबार अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले पुँजीबजार विस्तारका लागि कार्ययोजनाअनुसार अघि बढाउँदै लगानीकर्ताको सुरक्षाका लागि कदमहरु चाल्ने बताएका हुन्। 

    अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्त भएका अध्यक्ष श्रेष्ठलाई मंगलबार मन्त्रालयमा शपथग्रहण गराएका हुन्। 

    images

    श्रेष्ठले भने,‘कामहरु थुप्रिएर बसेका छन्। प्राथामिकताका आधारमा कामहरु अगाडि पालैपालो बढाउनेछु’, ‘त्यसभन्दा पहिले लगानीकर्ताको सुरक्षाका लागि कदमहरु चाल्नुपर्नेछ त्यो गर्नेछु। त्यसपछि पूँजीबजारलाई विस्तारका कार्यमा मेरो कार्ययोजना अनुसार काम गर्नेछु।’ 

  • सम्बन्धित विषय:

  • # सन्तोषनारायण श्रेष्ठ
  • # धितोपत्र बोर्ड