काठमाडौँ । मेरो शेयर अनलाइनमा सिडिएससीले नयाँ फिचर थप गरेको छ । सफ्ट्वेरमा पूूँजिगत लाभकर गणनाका साथै शेयर होल्ड भएको अवधि गणना गर्ने फिचर गरेसँगै मेरोशेयर अनलाइन बाट हुुने सेवाहरु अवरुद्द भएका छन् । केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयर अनलाइन सफ्ट्वेयरमा नयाँ फिचर थप गरेसँगै समस्या उत्पन्न भएको हो ।
यस अघि लग इन नहुने बिचमा लग आउटु हुने लगइन हुन समय लगाउने समस्या पुनः देखिएका छन् लगानीकर्ताले नयाँ शेयरको भारित औषत गणना गर्न सकिरहेका छैनन् भने आइतबार शेयर बिक्री गरेका लगानीकर्ताले इडिआईएस समेत गर्न सकिरहेका छैनन् । प्रणाली पूर्ण रुपमा सञ्चालनमा नआएको खण्डमा आइतबारको कारोबारबाट धेरै लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना देखिएको छ ।
सिडिएससीले लगानीकर्तालाई आफुले किनेको शेयरको होल्डिङ अवधि थाहा हुनुका साथै पूँजीगत लाभकर गण्ना गर्ने फिचर मेरो शेयरमा आइतबार साँझदेखि थप गरेको थियो । मोबाइल एपमा पनि उक्त फिचर आइतबार साँझदेखि थप गरि एप अपडेट गरेर चलाउन सकिने व्यवस्था गरिएको थियो । एप तथा सफ्ट्वेयर अपडेट भएसँगै डाटा लोड हुन सकिरहेको छैन । जसका कारण धेरैजसो सेवाहरु सञ्चालन हुन नसकेको हो । नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले पूर्ण तयारी नगरी परिक्षणका रुपमा प्रणालीहरु सञ्चालनमा ल्याउँदा सबै भार लगानीकर्तामा पर्ने गरेको बताए ।
आइतबारको कारोबारको इडिआईएस हुन नसकिरहेको सम्बन्धमा उनले प्रणालीको समस्याका कारण लगानीकर्तालाई क्लोज आउटमा पर्ने अवस्था आउन नहुने बताएका छन् । समयमा नै कारोबार राफसाफ नहुँदा लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै उनले केन्द्रिय निक्षेप प्रणालीको ध्यानाकर्षण समेत गराएका छन् ।
सिडिएससीले नयाँ पिचर अपडेट भए पछि पहिलो चरणमा प्रणाली केही सुस्त भएकाले इडिआईएस, लाभकर गण्ना लगायतका सेवा अवरुद्ध नभएको जनाएको छ । नयाँ सिष्टिममा धेरै डाटा एकै पटक लोड गर्नु परेकाले सुस्त भएको समस्या सोमबार साँझसम्ममा समाधान हुने सिडिएससीले बताएको छ ।
३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था चालु आर्थिक वर्षको बजेटले गरेको थियो । सोही अनुसार साउन ३ गतेदेखि हुने कारोबारलाई लक्षित गर्दै सिडिएससीले आइतबार प्रणाली अपडेट गरेको थियो ।
.jpg)


