काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरले चौथो विकेटको रुपमा ओपनर मार्टिन गप्टिललाई गुमाएको हो । मार्टिन अर्धशतक पूरा गर्दै ५५ रन बनाएर आउट भएका हुन् । मार्टिन एनपीएलमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् ।
टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।


