काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो ।
विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । यो एनपीएलको पहिलो अर्धशतक हो । अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे ।
टस जितेर पहिले बलिङ रोजेको जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष थाकेरले २र२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले एकरएक विकेट लिए ।


