काठमाडौं । रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ४ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आइतबार बिहान ९ः५० बजे सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर ५ जना मजदुर पुरिएका हुन्।
माटोले पुरिएको अवस्थामा ३ पुरुष र २ महिला गरी ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
.jpg)


