काठमाडौं । यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ ।
आइतबार यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि आकाश त्रिपाठीले ७७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९–२९ रन बनाए ।
बंगलादेशका लागि रिजन होसान र अल फाहादले २–२ विकेट लिए ।


