आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएलमा आज दुई खेल:काठमाडौं गुर्खाज र चितवन राइनोज,दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्दै

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 286
    SHARES
  • एनपीएलमा आज दुई खेल:काठमाडौं गुर्खाज र चितवन राइनोज,दोस्रो खेलमा जनकपुर  र कर्णाली  खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा गर्दै छन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

    पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने सवाँ १२ बजे देखी सुरु हुदैँछ । 

    images

    खेलमा जनकपुरको यो दोस्रो खेल हो । आसिफ सेख मार्की खेलाडी रहेको जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । 

    कर्णालीको भने प्रतियोगिताको पहिलो खेल हो । कर्णालीमा सोमपाल कामी मार्की खेलाडीको रुपमा छन् भने भारतिय चर्चित क्रिकेटर शिखर धवन पनि कर्णालीबाट खेल्दैछन् ।  

    मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।