बिहीबार , कार्तिक २० गते २०८३
images
images

टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 344
    SHARES
  • टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर

    काठमाडौं । नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

    images

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images

    चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ । 

  • सम्बन्धित विषय:

  • # टोखा–छहरे सुरुङमार्ग