काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवनले पोखरा एभेन्जसलाई ८७ रनले पराजित गरेको हो ।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले राम्रो ब्याटिङ गर्न सकेन ।
खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमाएको थियो । पोखरा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।
यसअघि चितवनले २० ओरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपराले अर्धशतक प्रहार गरेका थिए । कप्तान कुशल मल्लले ३८ बनाए ।
पोखराका लागि बिपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकाल र रेमन रेफरले १–१ विकेट लिए ।


