काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हराउँदै सान्त्वना जित हासिल गरेको छ ।
मंगलबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि नरेन साउदले २६ रन बनाए भने कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।
अफगानिस्तानका लागि खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले ३–३ विकेट लिए ।
यसअघि ब्याटिङ थालेको अफगानिस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएको थियो ।
नेपालका लागि सन्तोष यादव र यूनिस ठकुरीले ३–३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए ।


