बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 236
    SHARES
  • सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल (Civil Mall) बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।   

    images

    यस सेवा अन्तर्गत SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । डिसेम्बर १, २०२४  ९मङ्सिर १६, २०८१० देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

    SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सकिने बताइएको छ । SCT-UPI कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

    images

  • सम्बन्धित विषय:

  • # एससिटी–युपिआइ