काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दैछ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।
दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार बेहोरेको छ । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ ।


