आइतबार, भाद्र २८ गते २०८३
images

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरू

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 245
    SHARES
  • काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरू

    काठमाडौं । आजदेखि काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण सुरू हुँदै छ । 

    images

    पहिलो दिन नेपालका दुई क्लबले दुई विदेशी क्लबको प्रतिस्पर्धा गर्दै छन् ।

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेल दिउँसो ३ बजेबाट सुरू हुनेछ । हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपको विजेताको रूपमा काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागी भएको हो । 

    images

    आजै दिउँसो साढे पाँच बजे गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सको एच डीसीको सामना गर्नेछ । गण्डकी, प्रधानमन्त्री कपको उपविजेता टोली हो । गण्डकीमा तीन भारतीय खेलाडी रहेका छन् ।
     

     

  • सम्बन्धित विषय:

  • # काभा पुरुष क्लब