आइतबार, भाद्र २८ गते २०८३
images

एनपिएल :विराटनगर किङ्ग्समाथी कर्णाली याक्सको शानदार जित

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 332
    SHARES
  • एनपिएल :विराटनगर किङ्ग्समाथी कर्णाली याक्सको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले लागातार दोस्रो जित निकालेको छ । 

    images

    शनिबार भएको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गर्दै जित निकालेको हो । विराटनगर किंग्सको यो तेस्रो हार हो । 

    कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनायो ।

    images

    कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा विलियम बोसिस्टो र यूनिस ठकुरीले १–१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो । 

    कर्णालीका लागि देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए भने विलियम बोसिस्टोले ६६ रन जोडे । 

    विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए ।