काठमाडौं । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ।
आइतबार साँझदेखि मौसममा आएको फेरबदलका कारण गए रातिदेखि हिमपात सुरु भएको हो।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोट लयागत उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा हिउँ जमेको बताइएको छ ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ।
हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन्।


.jpg)


