सोमबार, कार्तिक १७ गते २०८३
images
images

देशभर पश्चिमी वायुको प्रभाव,उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 341
    SHARES
  • देशभर पश्चिमी वायुको प्रभाव,उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

    images

    देशको सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात पनि भइरहेको छ।

    आज दिउँसो कोशी प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

    images

    आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पश्चिमी वायु
  • # हिमपात